ल्यारिङगोलोेजीष्ट नेपालगन्ज तदर्थ समिति गठन


ल्यारिङगोलोेजीष्ट नेपालगन्ज तदर्थ समिति गठन

नेपालगन्ज १६ मंसिर : सोसाईटी अफ अटो ल्यारिङगोलोेजीष्ट (सोल) नेपालको नेपालगन्ज तदर्थ समिति गठन गरिएको छ ।

सोसाईटी अफ अटो ल्यारिङगोलोेजीष्ट नेपालका अध्यक्ष प्रोफेसर डाक्टर दीपेन्द्र श्रेष्ठ तथा सचिव डाक्टर योगेश न्यौपानेको उपस्थितीमा बिहीबार डाक्टर दिनेश कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

तदर्थ समितिको उपाध्यक्षमा डाक्टर अंशु शर्मा, सचिवमा डाक्टर सगुन श्रेष्ठ, कोषाध्यक्षमा डाक्टर कपील शाही रहेकाछन् । भने डाक्टर विक्रम बुढाथोकी, डाक्टर अशोक श्रीपाइली, डाक्टर सुमन थापा, डाक्टर समा भण्डारी, डाक्टर रवि स्वाँर, डाक्टर आनन्द कर्ण र डाक्टर पारस पौडेल सदस्य रहेकाछन् ।

समितिको प्रमुख संरक्षकमा डाक्टर रमेश श्रेष्ठ र प्रमुख सल्लाहकारमा डाक्टर ढुण्डीराज पौडेल रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

पश्चिम नेपालमा नाक, कान, घाँटी सम्बन्धी सचेतना फैलाउनुका साथै स्वाथ्य उपचार लगायतका रचनात्मक गतिबिधी बढाइने अध्यक्ष डाक्टर चौधरीले जानकारी दिए । समिति गठन अघि वीर अस्पतालका नाक, कान, घाँटी विभागीय प्रमुख समेत रहेका डाक्टर श्रेष्ठले क्यान्सर सम्बन्धी प्रशिक्षण समेत दिएका थिए ।