नेपालगन्ज १६ मंसिर : नेपाल पत्रकार महासङ्घमा आबद्ध पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । हाल महासङ्घमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जनाएका छन् ।
‘सन् १९८२ मा बेलायतबाट एमबिबिएस सकेर आएपछि रु १५ र १६ सयमा नोकरीबाट सुरु गरेको डाक्टर हुँ, रु एक अर्ब ५० करोडको ऋण लिएर अस्पतालका संरचना बनाएका छौंँ । नियमअनुसार कर तिरेको छु ।’ अस्पतालका संस्थापक जगदीशलाल वैद्यले भने, ‘भूकम्पको समयमा पाँच सयवटा शल्यक्रिया निःशुल्क २४ घण्टा कार्य गरेका छौँ, सरकारद्वारा कुनै सहयोग नहुँदा पनि हामी देशमा केही गर्नुपर्छ भनी लागेका छौँ ।
‘यो सम्झौता आजदेखि २४ महिनासम्म लागू हुनेछ, पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका छ जनासम्मलाई रु १५ लाखसम्मको उपचारमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ’, प्रमुख प्रशासक भट्टराईले भने, ‘नेपालमा हुने उपचारमा पत्रकार महासङ्घको सदस्यलाई हामी सम्झौताअनुसार सेवा सुविधा उपलब्ध गराउँछौँ, नेपालमा ल्याब टेष्ट हुन नसक्ने उपचारमा भने हामीले लागतअनुसार नै सेवा दिनेछौँ ।’
महासङ्घ शाखाका अध्यक्ष न्यौपानेले स्वास्थ्य सुविधा महङ्गो हुँदै गएको अवस्थामा यो सहुलियत महत्वपूर्ण हुने बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी