महासंघको साधरणसभा स्थगित, नविकरणको म्याद थप गरियो


महासंघको साधरणसभा स्थगित, नविकरणको म्याद थप गरियो

नेपालगन्ज २८ मंसिर : नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधरण सभा स्थगित गरिएकोछ । मंसिर २९ गते गर्ने भनिएको साधरणसभा स्थगित गरिएको हो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको २०७९ मंसिर २८ गते अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले साधरणसभा आगामी पुस २३ गते गर्ने निर्णय गरेको छ ।

महांसघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा भनिएकोछ –‘२०७९ मंसिर २९ गते निर्धारण गरेको १३ औं साधारणसभा बिशेष कारणबस स्थगित गरी उक्त साधारणसभा मिति २०७९ पुष २३ गते जिल्ला समन्वय समितिको हल नेपालगन्जमा गर्ने निर्णय गरेको छ ।’

यस्तै महासंघले सदस्यता नविकरणको म्याद समेत थप गरेकोछ । विज्ञप्तीमा भनिएकोछ–‘पर्याप्त मात्रामा सदस्यहरुको नविकरण नभएका कारण २०७९ पुष ६ गतेसम्म नविकरण गर्ने म्याद थप गरेको सम्पुर्ण सदस्यलाई जानकारी गराउँदछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

थप समाचार

सदस्यता नविकरण गर्न महासंघको आह्वान