कर्णाली र मधेस प्रदेशमा कलिलो उमेरमा गर्भवती हुने बढी


कर्णाली र मधेस प्रदेशमा कलिलो उमेरमा गर्भवती हुने बढी

नेपालगन्ज २९ मंसिर : नेपालमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहका महिला गर्भवती हुने गरेको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार २०२२ सम्ममा यस उमेर समूहका प्रतिहजारमा ७१ जना जन्माउने थिए ।

जसमा सातै प्रदेशमध्ये सबैभन्दा बढी बच्चा जन्माउने महिलामा कर्णाली र मधेस प्रदेशमा बढी रहेको सो सर्वेक्षणले देखाएको छ । कर्णाली प्रदेशमा २१ प्रतिशत मधेस प्रदेशमा २० प्रतिशत महिलाहरू कुनै न कुनै बेला गर्भवतीको अध्ययनले देखाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै सबैभन्दा कम बाग्मती प्रदेशमा सबैभन्दा ८ प्रतिशत गर्भवती भएको पाइएको छ । उता, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र गण्डकी प्रदेशमा १५ देखि १९ वर्षसम्मका १३ प्रतिशत महिला गर्भवती हुने गरेको अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेशमा १० प्रतिशत रहेको सर्वेक्षण देखाएको छ । नेपालमा किशोरावस्थामा गर्भवती हुने दर १४ प्रतिशत रहेको छ ।