चितवन १ पुष: चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक/एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेको उनले बताए । घडीयाल गोही र गौरीगाई तीन÷तीन प्राकृतिक कारणले मरेका छन् ।
हात्ती, जरायो, बँदेल, कछुवा दुई÷दुई पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एक/एक वटा मरेको छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् ।
निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए । -रासस
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’