५१ दिन मनाउँदै ‘महापुरुष’ : नेपालगन्जमा केक काटेर खुशी साटियो

११ करोड हारहारीमा कमाइ


५१ दिन मनाउँदै ‘महापुरुष’ : नेपालगन्जमा केक काटेर खुशी साटियो

नेपालगन्ज २ पुष : हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले शनिबार ५१ औं दिन मनाएकोछ । यो छेकोमा चलचित्र पत्रकार संघ बाँके शाखाले केक काटेर खुशी आदनप्रदान गरेकोछ।

नेपालगन्जको एकमात्र क्यूएफएक्स बागेश्वरी क्यूएफएक्समा एक कार्यक्रमकाबीच संघका बाँके अध्यक्ष रामचन्द्र पौडेल, बागेश्वरी सिनेमाज क्यूएफएक्सका म्यानेजर संजिव शाक्य र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले सामुहिकरुपमा केक काटेर सफलताको खुशी साटे ।

पछिल्लो समय नेपाली सिनेजगत परिस्कृत र समयसापेक्ष बन्दै गएको प्रति खुशी ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले यसलाई टिकाईराख्न दर्शकको माग र चाहनाअनुरुप चलचित्र निमार्ण गर्नुपर्नेमा जोड दिए ।

धेरै समयपछि ५१ दिन सफलताकासाथ पुरा गर्न सकेको महापुरुष चलचित्रले समग्र नेपाली सिनेमाजगतमा राम्रो सन्देश दिएको बागेश्वरी सिनेमाज क्यूएफएक्सका म्यानेजर संजिव शाक्यले बताए । उनले भने–‘महापुरुष जस्तै चलचित्र निरन्तर बन्दै गए नेपाली चलचित्रले दर्शकको माया र साथ सदैव रहन्छ ।’ शाक्यले भने–‘दर्शकको अभिरुची र समयसापेक्ष बनेका चलचित्र दर्शकले खोजी खोजी हेर्छन् । महापुरुष पनि ती मध्येको एक चलचित्र हो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘म महापुरुष चलचित्रका सम्पूर्ण टिमलाई धन्यबाद दिन चाहान्छु ।’ चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलले भने–‘चलचित्रको प्रर्बद्धनका लागि मिडियाको अहम भूमिका रहन्छ । मिडिया र चलचित्रले समाजलाई सुसुचित गर्ने काम गर्छ । महापुरुष जस्ता चलचित्रका कारण नेपाली सिनेजगत निरास हुन जरुरी छैन ।’

महापुरुषले ५१ दिन पार गरेको अवसरमा केक काटेर खुशी साटासाट गरेपश्चात पत्रकारको उक्त टिमले महापुरुष चलचित्र हेरेको थियो ।

अहिले पनि देशका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’ पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित फिल्मले यो अवधिसम्म ११ करोड रुपैयाँ ग्रस हारहारीमा कमाएको छ ।

निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ५१ दिनसम्म १० करोड ७० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जानकारी दिए । ‘चार सातापछि फिल्मको रफ्तारमा कमी आएपनि यो उपलब्धीलाई लिएर हामी सन्तुष्ट छौं’ खत्रीले भने ।
सुरुआती तीन सातासम्म कमाइ आक्रामक देखिएको थियो । काठमाडौं उपत्यकाका मल्टिप्लेक्समा कमाइ आकर्षक रह्यो । सबै उमेर समूहका दर्शक हल पुगेका थिए । मोफसलका प्रमुख सहरमा समेत फिल्मको कमाइ सुखद रह्यो ।

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्मले एकल प्रौढ पुरुषको एक्लोपन, संघर्ष र मनोविज्ञानको कथा भन्छ । त्यो पात्रको जीवनमा प्रेमको प्रवेशपछि आउने आशावादिता र आत्मविश्वासलाई फिल्मले चित्रण गरेको छ । यसवर्ष ५१ दिन सेलिव्रेसन गरेको अर्को फिल्म ‘कबड्डी ४’ले सो अवधिसम्म २२ करोड ८० लाख ग्रस कमाइ गरेको थियो ।