चुनौतीपूर्ण बन्दै ‘टिन एज प्रेग्नेन्सी’


चुनौतीपूर्ण बन्दै ‘टिन एज प्रेग्नेन्सी’

नेपालगन्ज १ पुष : नेपालमा किशोरी अवस्थामै गर्भवती (टिन एज प्रेग्नेन्सी)को दर चुनौतीपूर्ण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडीएचएस)ले प्रतिहजारमा ७१ जना किशोरी १५ देखि १९ वर्षको बीचमा गर्भवती हुने गरेको देखाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सर्वेक्षण प्रतिवेदनअनुसार १५ देखि १९ वर्ष उमेरका १४ प्रतिशत महिला गर्भवती हुन्छन् । जसमध्ये १० प्रतिशतले शिशु जन्माउँछन् भने २ प्रतिशतको गर्भ खेर जाने गरेको छ । कर्णाली प्रदेशमा यो दर २१ प्रतिशत छ, मधेसमा २० प्रतिशत, सबैभन्दा कम वाग्मतीमा आठ प्रतिशत रहेको छ ।

गर्भवतीमध्ये ३३ प्रतिशतलाई किशोरावस्थामा गर्भवती हुनुका असरहरु बारे थाहा छैन भने समग्र प्रजनन् उमेर (१५–४९ )का महिलाले परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगर्ने गरेको प्रतिवेदनले देखाएको छ ।