नेपालगन्ज १ पुष : नेपालमा किशोरी अवस्थामै गर्भवती (टिन एज प्रेग्नेन्सी)को दर चुनौतीपूर्ण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडीएचएस)ले प्रतिहजारमा ७१ जना किशोरी १५ देखि १९ वर्षको बीचमा गर्भवती हुने गरेको देखाएको छ ।
सर्वेक्षण प्रतिवेदनअनुसार १५ देखि १९ वर्ष उमेरका १४ प्रतिशत महिला गर्भवती हुन्छन् । जसमध्ये १० प्रतिशतले शिशु जन्माउँछन् भने २ प्रतिशतको गर्भ खेर जाने गरेको छ । कर्णाली प्रदेशमा यो दर २१ प्रतिशत छ, मधेसमा २० प्रतिशत, सबैभन्दा कम वाग्मतीमा आठ प्रतिशत रहेको छ ।
गर्भवतीमध्ये ३३ प्रतिशतलाई किशोरावस्थामा गर्भवती हुनुका असरहरु बारे थाहा छैन भने समग्र प्रजनन् उमेर (१५–४९ )का महिलाले परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगर्ने गरेको प्रतिवेदनले देखाएको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ