एलजीको एयर सलुसन्स सम्मेलन सम्पन्न


एलजीको एयर सलुसन्स सम्मेलन सम्पन्न

नेपालगन्ज ३ पुष : एलजीले एयर सलुसन्स सम्मेलन समापन गरेकोछ । काठमाण्डौंमा उक्त ऐयर सोलुसन्स सम्मेलन समापन गरिएको हो । यस सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

एलजी ऐयर सोलुसन्स सम्मेलनमा एलजीका विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित ब्यवसायमा रहेकालाई ऐयर सोलुसन्स उपकरणको बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्य रहेको थियो ।

दुई शत्रमा विभिजित सम्मेलनमा पहिलो शत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिएका थिए । साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए ।

उक्त सम्मेलनकोे मुख्य आर्कषण एलजी विजनेसस सोलुसन अन्तर्गत रहेका मल्टी भीआरएफ, एयर प्यूरिफायर, डिह्युमिडिफायर, राउण्ड क्यासेट एसी, इन्टरयाक्टिभ डिस्प्ले र डिजिटल सिग्नेचर रहेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

एलजी ऐयर सोलुसन्स सम्मेलनको दोस्रो शत्रमा ‘ऊर्जा दक्षतामा प्रविधिको भुमिका’ शीर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त शत्रमा चौधरी ग्रुपका माम्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्टका रविन्द्रनाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टरका सहायक डाईरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्टका विभुतीमान सिंह, एलजी कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरञ्जन बास्टाकोटीले छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए ।

दोस्रो शत्रको छलफललाई कोरियाका राजदूत पार्क चोङ सुकको विशेष उपस्थितिविच गरिएको थियो । चौधरी ग्रुपले एलजीसँग तीन दशकभन्दा बढी व्यवसायीक सहकार्य गर्दै आईरहेको र साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी समयदेखि गर्दै आइरहेको छ ।