कोभिडको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

बुस्टर डोज लगाउन बाँकीहरुलाई छिटो खोप लगाउन आग्रह


कोभिडको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालगन्ज ९ पुष : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम जनसमुदाय सजग एवं सचेत हुन जरुरी छ ।’

Kids Festival 2022
kanti aarogya hospital

कोभिड १९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट नेपाल भित्रने यात्रुहरुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिहरुको एन्टिजेन टेष्ट र जीन सिक्वेन्सीङ गर्ने कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गर्दै कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकीहरुलाई पनि छिटो खोप लगाउन आग्रह गरेको छ ।