नेपालगन्ज १० पुष : उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले ऋण असुली गर्दा ऋणीको सार्बजनिक बेइज्जती र मानसिक असर पर्ने गतिविधि नगर्न आदेश दिएकोछ ।
नेपालगन्ज स्थित एनआईसी बैंकलाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।
नेपालगन्जमा व्यवसाय गर्ने रेखा खड्काले एनआईसी बैंक विरुद्ध दायर गरेको रिटमा पुस ८ गते न्यायाधीश बामदेव ज्ञवालीको एकल इजलासले निवेदक ऋणी र उनको परिवारलाई मानसिक असर पर्ने गरि घरमा सुरक्षार्थ गार्ड राख्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश सुनाएको हो ।
ऋण असुली गर्दा सम्बन्धि व्यक्तिको सामाजिक र मानसिक असर पर्ने काम नगर्न अन्तरिम आदेश दिए पनि अदालतले बैंकबाट लिएको कर्जा कारोबार कानून बमोजिम हुने उल्लेख गरेको छ ।
व्यवसायमा आबद्ध खड्काको घर तथा पसलमा एनआईसी बैंकले कर्मचारी र गार्ड खटाएको थियो । यस्तो गर्नुको कारण बारे बैंकले कुनै पनि बिषय सार्बजनिक गरेको छैन । बैंकले सताएको भन्दै खड्का अदालसम्म पुगिन ।
उक्त रिटमाथि बहस गरेका अधिवक्ता लोकबहादुर शाहले ऋण असुल गर्ने बैंकको नयाँ तरिका ल्याएको बताए । घर पसलमा सुरक्षा गार्ड राखी मानसिक र सामाजिक दबाब दिनु गैरकानूनी र अमानवीय कदम भएको बताए ।
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान