प्रविधिमा नागरिक अभ्यस्त हुनसकेनन्: उपमेयर थापा


प्रविधिमा नागरिक अभ्यस्त हुनसकेनन्: उपमेयर थापा

नेपालगन्ज :प्रविधिमा नागरिक अभ्यस्त हुननसक्दा सूचना प्रविधिको माध्यमबाट प्रवाह गरिने सेवासुविधा प्रभावित बन्दै गएको नेपालगन्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापामगरले बताएकी छन् ।

उनले प्रविधिको प्रयोगमा नागरिकलाई अभ्यस्त नगराएसम्म उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउन नसकिने बताइन् । कम्प्युटर एशोसियशन नेपाल महासंघ, बाँकेले नेपालगन्जमा आयोजना गरेको डिजिटल वित्तीय सेवा सम्बन्धी अन्तरक्रियामा बोल्दै उपमेयर थापाले यस्तो बताएकी हुन् ।

अन्तरक्रियामा बोल्दै उपमेयर थापाले नागरिकलाई सूचना प्रविधिका बारेमा जानकारी गराउन आवश्यक रहेको बताईन । उपमहानगरपालिकालाई सूचना तथा प्रविधिमैत्री बनाउन एप्स, वेभसाईड लगायतको व्यवस्था गरिएपनि यसबाट थोरै मात्रामा सेवाग्राहीले सेवा लिइरहेकाछन् ।

उपमेयर थापाले अगाडी थपिन् –‘यतीले हामी सन्तोष मानिरहेका छैनौ । प्रविधिमा आएको विकास र यसका प्रयोगकर्तालाई मध्यनजर गर्दा उपमहानगरपालिकाको डिजिटल सेवा लिनेको संख्या बढ्नुपर्ने हो तर, त्यसो हुनसकेको छैन । उप–मेयर थापाले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संघसंस्थाको सहयोगमा उपमहानगरपालिकाले सूचना प्रविधिबाट प्रदान गर्दै आएको सेवाका विषयमा जनचेतना फैलाउने योजना रहेको बताईन ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै कार्यक्रममा बोल्दै क्यान महासंघ केन्द्रीय सदस्य आईपी पोखरेलले सूचना प्रविधि बिना देशले चाहेको सम्बृद्धि आउन नसक्ने बताए । क्यान महासंघका प्रशिक्षक समेत रहेका ईञ्जिनियर उत्तम कार्कीले सरकारले डिजिटल नेपालको परिकल्पना गरेता पनि सो क्षेत्रको विकासको लागि बजेट विनियोजन नगर्नु दुःखद कुरा भएको बताए ।

उनले अझपनि केन्द्रदेखि स्थानीय सरकारसम्मले आईटीको महत्व बुझ्न नसक्दा आईटी क्षेत्रको प्रर्वद्धन र विकास हुननसकेको बताए । सूचना प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले बताए । कार्यक्रममा केशव आचार्य, डिना श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।