File Photo
नेपालगन्ज २४ पुष : बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् ।
नेपालगन्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो ।
खजुरा गाउँपालिकामा दुई जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
नेपालगन्जमा भने संक्रमण बढ्दो छ । नेपालगन्जमा हालसम्म ७६ जना दादुरा संक्रमित बालबालिका भेटिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
नेपालगन्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगन्जका वडा नम्बर ५, ७ र ८ का १२५८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहाानगरपालिका स्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिए ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ