खजुराका दुई जनामा दादुरा


खजुराका दुई जनामा दादुरा

File Photo

नेपालगन्ज २४ पुष : बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् ।

नेपालगन्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो ।

खजुरा गाउँपालिकामा दुई जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जमा भने संक्रमण बढ्दो छ । नेपालगन्जमा हालसम्म ७६ जना दादुरा संक्रमित बालबालिका भेटिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगन्जका वडा नम्बर ५, ७ र ८ का १२५८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहाानगरपालिका स्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिए ।