File Photo
डुडुवा (बाँके) २४ पुष: बाँकेमा चिसो बढेपछि यहाँका अधिकांश विद्यालयले पठनपाठन बन्द गरेकाछन् ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रभावित हुने भन्दै केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।
अत्याधिक चिसो बढेपछि बाँके नेपालगन्ज र डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएकाछन् ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुनेभएपछि आज आईतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द भएको हो ।
गाउँपालिका अन्र्तगतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए । शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाएकाछन् ।
यसबिचमा सामुदायिक विद्यालयहरुमा सञ्चालित परीक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परीक्षा विद्यालय खुलेपछि पुर्ववत अनुसार सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालय पनि बन्द भएका छन् । २४–२८ पुससम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । उनले १–३ सम्मको कक्षा २८ पुससम्म र त्यसभन्दा माथिका कक्षा पुस २७ सम्म बन्द गरिएको बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी