प्रदेश स्तरीय माघ महोत्सवको तयारी पुरा

राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती हुने


प्रदेश स्तरीय माघ महोत्सवको तयारी पुरा

नेपालगन्ज २६ पुष : नेपालगन्जमा हुने दुई दिने लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।

थारु भाषा, संस्कृती, लोककला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगन्जमा आयोजना गरिन लागेको माघ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको हो ।

थारू कल्याणकारीणीसभा बाँकेले पुष २७ र २८ गते नेपालगन्जको रमलीला मैदानमा लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सव गर्न लागेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा हुने दुई दिने माघ महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको प्रदर्शन गरिने झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकारको उपस्थिती रहने संयोजक थारुको बताए । उनका अनुसार राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने छ ।

उनले महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रर्दशनी हुने संयोजक थारुले बताए ।

महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अथिती एबम लुम्विनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले तथा बिशिष्ट अथिती पुर्व मन्त्री फत्तेसिंह थारु र समाजसेवी गोपाल दहितको उपस्थिती समेत रहने संयोजक थारुले जानकारी गदिए । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई समान पनि गरिने उनले बताए ।

महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषा सहित हलो जुवा, छिट्वा, ढकिया, डेल्वा, छट्री, सहित नेपालगन्जको मुख्यबजार धम्बोझी चोक देखि निस्कने झाँकी सहितको ¥याली सेतुविक चोक, न्युरोड, त्रिबेणीमोड, त्रिभुवन चोक, सदरलाईन, भेरी अस्पताल हुदै रामलिला मैदानमा पुग्ने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ ।

महोत्सवमा थारु परिकार ढिक्री, घोङघी, सिद्रा माछाको चटनी, आलुको अचार लागयत परिकारहरु प्रदर्शनीका साथै विक्रि वितरणको लागि राखिने समेत आयोजक टिमले जनाएको छ ।