नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ पुग्यो


नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ पुग्यो

नेपालगन्ज २६ पुष : नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ पुगेको छ ।

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ पुगेको हो ।

गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ पुगेको हो ।

काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नम्बर–३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

काठमाडौँ आइपुगेको उक्त ¥याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए ।

र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् ।

सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुष २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । -रासस