नेपालगन्ज २६ पुष : नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ आज काठमाडौँ पुगेको छ ।
गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ पुगेको हो ।
गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ पुगेको हो ।
काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नम्बर–३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए ।
काठमाडौँ आइपुगेको उक्त ¥याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए ।
र्यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् ।
सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुष २७ मा विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । -रासस
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?