नेपालगन्ज २७ पुष : सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले यस वर्षको होटेल क्याट्गोरी तर्फको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स’ प्राप्त गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले सिद्धार्थ ग्रुपलाई होटेल तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो ।
उपराष्ट्रपति नन्दकिशोर पुनले एक भब्य समारोहकाबिच ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेलाई अवार्ड प्रदान गरे ।
निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई कर्पोरेट क्लबले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।
‘हस्पिटालिटी फम द हट’ भन्ने नाराका साथ सिद्धार्थ ग्रुपले देशैभर होटेल, रिर्सोट, रेष्टुरेन्ट र क्याफे सञ्चालन गर्दै आएको छ ।
२५ वर्षअगाडी कैलालीको टीकापुरबाट ब्यबसाय सुरु गरेको सिद्धार्थ ग्रुपका अहिले झापा देखि कञ्चनपुरसम्म गरी देशैभर ३१ वटा आउटलेट छन् ।
नेपालगन्जमा चार तारे होटेल सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपले स्थापनाको २५ औ वर्षको अवसरमा भैरहवामा आगामी माघ २३ गतेदेखि पाँच तारे होटेलको सफ्ट ओपनिङ गर्दै छ । सिद्धार्थ ग्रुपले करिब एक हजार ५ जना युवाहरुलाई स्वदेशमै रोजगारी दिदैँ आएको छ ।
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान