थारू रत्न पुरस्कारबाट डाक्टर पाण्डे सम्मानित हुँदै


थारू रत्न पुरस्कारबाट डाक्टर पाण्डे सम्मानित हुँदै

नेपालगन्ज ३० पुष : थारू समुदायका लागि विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तित्वलाई थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा गरिएको छ ।

पहिलो पटक दिन थालिएको यी दुबै पुरस्कार पाउनेहरुको नाम एक कार्यक्रमको आयोजना गरी शुक्रबार सार्वजनिक गरिएको छ ।

यस क्रममा चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् । भाषा साहित्यतर्फ थारू संस्कृतिविद् महेश चौधरी तथा स्वास्थ्य विधातर्फ भेरी अस्पतालका डाक्टर राजन पाण्डे रहेका छन् । चौधरी थारु भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक प्रधान सम्पादक हुन् भने डाक्टर पाण्डेले खास गरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिचान गरेका थिए ।

त्यस्तै, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरी, दुहवीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको छ । भुलाई चौधरीको विभिन्न पुस्तक प्रकाशित छन् । फरवार्ड माइक्रो फाइनान्स एमाले सांसद भगवती चौधरीको हो ।

Kids Festival 2022
kanti aarogya hospital

थारू रत्न पुरस्कारबाट सम्मानित हुने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डाक्टर राजन पाण्डे थारु समुदायमा देखिएको सिकसलसेल रोगको पहिचान, उपचार र निदानमा महत्वपूर्ण योगदान पुराएको भन्दै स्वास्थ्य बिधातर्फको थारू रत्न पुरस्कारबाट सम्मानित गर्न लागिएको थारु आयोगले जनाएको छ ।

डाक्टर पाण्डे थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्ट हुन । उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन –प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए ।

सिकसलसेल तथा थालेसेमिया रोगको पहिचान, निदान र उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डाक्टर पाण्डे थुप्रै राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुका साथै थुप्रै विभूषणबाट विभूषित समेत भइसकेकाछन् ।

भेरी अस्पतालमा बसेर सेवा दिँदै आएका डाक्टर पाण्डे पछिल्लो समय पश्चिम तराईका थारु समुदायलाई सिकलसेल तथा थालेसेमिया रोगबारे गाउँगाउँमा पुगेर जनचेतना फैलाउने कार्यमा पनि सक्रिय रहेकाछन् ।