प्रदेश स्तरीय महोत्सवको धमाधम स्टल बुकिङ्ग


प्रदेश स्तरीय महोत्सवको धमाधम स्टल बुकिङ्ग

नेपालगन्ज ४ माघ : बाँकेको नेपालगन्जमा आगामी माघ १० देखि २४ गतेसम्म हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी तीब्र रुपमा अगाडि बढेको छ । हालसम्म महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको आयोजकले जनाएकोछ ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रालिको सहआयोजनामा महोत्सवमा आयोजना हुन लागेको हो ।

स्टलहरु धमाधम बुकिङ्ग भइरहेको सचिवालयले जनाएको छ । हालसम्म करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए । महासचिव भुसालले भने, ‘हालसम्मको अवस्था हेर्दा हामीसंग करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेका छन् । जसमा होटल लाईनको सबै स्टल बुकिङ्ग भईसकेको छ । स्थानीय उद्योगहरुको स्टल बुकिङ्ग हुने क्रम जारी नै छ ।’

स्थानीय उद्योगहरुलाई बढी प्रवद्र्धनका लागि महोत्सवमा धेरै स्टलहरु छुट्याइएको छ । औद्यौगीक र व्यापारिक स्टलहरु केही मात्र बाँकी रहेको महासचिव भुसालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘समृद्ध नेपालको प्रमुख आधार कृर्षि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रर्वद्धनका साथ नागरिक स्वरोजगार’ भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ स्थित कारकाँदो नजिकै सचिवालय समेत स्थापना गरिएको छ । स्टल बुकिङ्ग खुल्ला रहेकोले सचिवालयमा सम्र्पक गर्न हुन नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले अनुरोध गरेकी छन् ।

नेपालगन्ज स्थित सडक डिभिजन कार्यालय कारकाँदोको परिसरमा आयोजना हुने महोत्सवका लागि यसअघि सम्र्पक सचिवालय स्थापना गरिएको छ । कारकाँदो स्थित माछापुच्छे्र बैंक नजिक सचिवालय राखिएको हो ।