नेपालगन्ज ७ माघ : नेपालगन्जकी व्यूटिशियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गरेकीछन् ।
अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाण्डौंमा सम्पन्न ‘दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९’ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो ।
देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई सम्मान गरेकी हुन् ।
अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका यूवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारीमुखी बन्ने कार्यमा पु¥याउएको योगदान स्वरुप सम्मान गरिएको हो ।
नेपालगन्जस्थित गुड आइडियल व्यूटी टे«निङ सेन्टर स्थापना गरि प्रशिक्षणमार्फत रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्वदेशमै स्थापीत गरि यूवाहरुलाई उद्यमशील बनाउने अभियानमा योदान पु¥याएकी भण्डारीलाई सम्मान गरिएको बताइएको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु