नेपालगन्जकी भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान


नेपालगन्जकी भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान

नेपालगन्ज ७ माघ : नेपालगन्जकी व्यूटिशियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गरेकीछन् ।

अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाण्डौंमा सम्पन्न ‘दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९’ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो ।

देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई सम्मान गरेकी हुन् ।

अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका यूवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारीमुखी बन्ने कार्यमा पु¥याउएको योगदान स्वरुप सम्मान गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जस्थित गुड आइडियल व्यूटी टे«निङ सेन्टर स्थापना गरि प्रशिक्षणमार्फत रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्वदेशमै स्थापीत गरि यूवाहरुलाई उद्यमशील बनाउने अभियानमा योदान पु¥याएकी भण्डारीलाई सम्मान गरिएको बताइएको छ ।