आयुर्वेद हस्पिटलले गरेको स्वास्थ्य शिविर सम्पन्न


आयुर्वेद हस्पिटलले  गरेको स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज १३ माघ : नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा आमनागरिकहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले माघ १२ गते अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

अस्पताल परिसर नेपालगन्ज उप–महानगरपालिका वडा वडानम्बर–१० आर्दश नगरमा भएको शिविरमा ४ सय ५० जनाले शिविरमा परीक्षणका लागि आफनो नामदर्ता गराएका थिए । त्यसमा ३ सय २६ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

बिहीबार र शुक्रबार गरी दुई दिन चलेको शिविरमा विशेष छुटमा ३ जना पाईल्स र १ जना फिस्टुलाको बिरामीको सफल रुपमा शल्यक्रिया समेत गरिएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्रशासन प्रमुख प्रिन्सी मिश्रले बताईन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी गौरव स्मृति र ‘बियोर्ससेल्फ फाउण्डेशन’ सँगको सहकार्यमा शिविरमा आखाँ परीक्षणको सेवा पनि उपलब्ध गराईएको थियो । शुक्रबार डाक्टर मदन भण्डारी, डाक्टर मनोजकुमार यादव, सहायक सञ्जिवकुमार थारु र सम्झनाको टिमले पाइल्स र फिस्टुलाको शल्यक्रिया गरेको थियो ।

स्वास्थ्य शिविरमा परीक्षण गराउन आएका बिरामीलाई निःशुल्क औषधी वितरण गर्दै ल्याब परीक्षण र शल्यक्रियामा विशेष छुटको व्यवस्था गरिएको थियो । अस्पतालले शिविरमा उपचार गराएकाहरुको एक महिना पछि पुनःनिःशुल्क रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ ।

१५ शैयाको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल नेपालमा निजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल हो । जसको उद्घाटन गत बिहिबार नेपाली काँग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण महतले गरेका थिए ।
दुई दिने शिविरमा आउने बिरामीको संख्याले नेपालगन्जमा आयुर्वेद अस्पतालको महत्वलाई देखाएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले बताए ।

अस्पतालले आगामी दिनमा पनि नियमित रुपमा ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको वाल्मिकीले बताए । यसले पश्चिम नेपालमा आयुर्वेद अस्पतालले गरिब, निम्न वर्गको जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ठुलो सहयोग गर्ने उनले बताए ।

नेपालगन्ज आयुर्वेद अस्पताल दक्षजनशक्ति र उच्च प्रविधिलाई भित्राएर खुलेको अस्पताल हो ।

थप समाचार

नेपालगन्जमा खुल्यो निजि क्षेत्रको पहिलो ठुलो आयुर्वेद अस्पताल