नेपालगन्ज १४ माघ : बाँकेको नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा कुस्ती प्रतियोगिता शुरु भएको छ ।
नेपालगन्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन शनिबारदेखि कुस्ती प्रतियोगिता शुरु भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले कुस्ती प्रतियोगिताको रिवन काटेर उद्घाटन गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता सञ्चालन भएको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने र यो कुस्ती प्रतियोगिता माघ १८ गतेसम्म जारी रहने आयोजकले जनाएकोछ ।
पहिलो पटक प्रत्यक्ष कुस्ती हेर्न पाउँदा दर्शक निकै उत्साहित देखिएका छन् । कुस्ती प्रतियोगिता हेर्नेको भिड नै लागेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रालिको संयुक्त आयोजनामा जारी महोत्सव माघ २४ गते सम्पन्न हुनेछ ।
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?