प्रादेशिक महोत्सवमा कुस्ती प्रतियोगिता


प्रादेशिक महोत्सवमा कुस्ती प्रतियोगिता

नेपालगन्ज १४ माघ : बाँकेको नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा कुस्ती प्रतियोगिता शुरु भएको छ ।

नेपालगन्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन शनिबारदेखि कुस्ती प्रतियोगिता शुरु भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले कुस्ती प्रतियोगिताको रिवन काटेर उद्घाटन गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता सञ्चालन भएको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने र यो कुस्ती प्रतियोगिता माघ १८ गतेसम्म जारी रहने आयोजकले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

पहिलो पटक प्रत्यक्ष कुस्ती हेर्न पाउँदा दर्शक निकै उत्साहित देखिएका छन् । कुस्ती प्रतियोगिता हेर्नेको भिड नै लागेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रालिको संयुक्त आयोजनामा जारी महोत्सव माघ २४ गते सम्पन्न हुनेछ ।