बैजनाथका करिब २० हजार बालबालिकालाई दादुरा खोप लगाइदैँ


बैजनाथका करिब २० हजार बालबालिकालाई दादुरा खोप लगाइदैँ

बाँके(बैजनाथ) १६ माघ : दादुरा रोगको संक्रमण फैलिन नदिन बैजनाथ गाउँपालिकाले विशेष सर्तकता अपनाएको छ । यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले सर्वपक्षिय अन्तरक्रिया गरेको छ ।

दादुरा रोगको महामारी प्रतिकार्य तथा खोप दिने अभियान सम्बन्धी सोमबार गाउँपालिका स्तरिय कार्ययोजना कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले दादुरा रोग नियन्त्रण अभियानलाई प्रभावकारी रुपले सञ्चालन गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताईन् ।

‘अहिलेसम्म बैजनाथ गाउँपालिकामा कतैपनि दादुरा रोगको महामारीले छोएको अवस्था छैन, रोगको संक्रमण फैलिन नदिन हामी पुर्वतयारी अवस्थामा बसेका छौं,’ उनले भनिन् । बैजनाथका वडाअध्यक्ष प्रेम शाहीले दादुरा रोग नियन्त्रण अभियानलाई सफल पार्ने दायित्व जनप्रतिनिधीको पनि भएको बताउँदै यसमा आफुहरु गम्भीर रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दादुरा रोग फैलिन नदिनका लागि खोप कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए । गाउँपालिकाभरी करिव २० हजार बालबालिकालाई खोप लगाउने योजना रहेको उनले बताए । पालिकाका ८ वडाका १९ हजार ५ सय ५४ बालबालिकालाई ४० वटा खोप केन्द्रबाट दादुरारोग विरुद्धको खोप लगाइँदैछ । यसका लागि प्रत्येक वडामा ५ वटा खोप केन्द्र सञ्चालन गरिनेछ ।

उक्त कार्यक्रममा बैजनाथ गाउँपालिकास्थित विभिन्न पार्टीका प्रतिनिधी, वडाअध्यक्ष, रेडक्रसकर्मी, स्वास्थ्य चौकीका प्रमुख, डब्लुएचओका प्रतिनिधी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।