नेपालगन्ज २२ माघ : नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध गरेको छ ।
आईतबारको पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै महासंघले धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको हो ।
संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले जनाएको छ ।
महासंघले लामिछानेले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै कडा शब्दमा निन्दा गरिने पनि विज्ञप्तिमार्फत जनाएको छ ।
‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ’, महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ ।’
थप समाचार
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन