बाँके र बर्दियामा दूव्र्यसन मुक्त महाशिवरात्रि सन्देश अभियान


बाँके र बर्दियामा दूव्र्यसन मुक्त महाशिवरात्रि सन्देश अभियान

नेपालगन्ज २४ माघः ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, नेपालगन्जले महाशिवरात्री पर्व २०७९ लाई भब्य रुपमा मनाउने भएको छ ।

‘दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण’ भन्ने मुल नारा सहित उक्त संस्थाले यस वर्षको यो महाशिवरात्री पर्वलाई ८७ औं महाशिवरात्री महोत्सवका रुपमा भव्यताका साथ मनाउने भएको हो ।

पर्वलाई लागू पदार्थ दुर्ब्यशनबाट मुक्त महाशिवरात्री पर्वको रुपमा मनाउनका लागि झाँकी र्याली प्रवचन माइकिङ, शिव दर्शन आध्यात्मिक चित्र प्रदर्शनी र पम्प्लेटिङमार्फत जनचेतना फैलाउने, अभिप्रेरित गर्न लागिएको हो ।

यही माघ २५ गतेदेखि फाल्गुण १० गतेसम्म १५ दिवसीय दुर्ब्यशनमुक्त महाशिवरात्री सन्देश अभियानमार्फत बाँके र बर्दियाको विभिन्न स्थानमा परिक्रमा गरी मनाइने केन्द्रिय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख ब्रह्माकुमारी दुर्गाले जानकारी दिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार १५ दिवसीय दुर्ब्यशनमुक्त महाशिवरात्री सन्देश अभियान क्षेत्रीय कार्यालय नेपालगन्जबाट २५ गते उद्घाटन पश्चात् यात्रा खजुरा, भोलागौडी र बढैयाताल (मैनापोखर) का विभिन्न स्थान, २६ गते गुलरिया र मधुवन (सानोश्री) नगरपालिकामा, २७ गते राजापुरमा, २८ गते नेपालगन्जका विभिन्न स्थानमा भव्यताका साथ विशेष झाँकी र मोटरसाइकल र्याली पुग्नेछ ।

यस्तै २९ गते भृकुटीनगर सेवा केन्द्रमा झण्डारोहणपछि परसपुर, सैनिक, रिमझिमचोक, एल गाउँ, एच गाउँ, बी गाउँ खजुरामा परिक्रमा गरी जन–जनमा सचेतना फैलाउने सेवा प्रदान गर्नेछ ।

‘फाल्गुन १ गते कोहलपुर नगरमा, २ गते बाँसगढी नगर, वनगौडी, लक्ष्मणा, ३ गते बैजनाथ गाउँपालिकाको सम्झना बजार शाखामा शिव ध्वजारोहण र चाँदनी, एच गाउँ, जी गाउँ, डी गाउँ आदि स्थानमा परिक्रमा गर्नेछ, फाल्गुन ४ र ५ गते नेपालगन्जको कारकाँदो र उपसेवा केन्द्रमा शिव ध्वजारोहण पश्चात् नगर परिक्रमा गर्नेछ,’ संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यसैगरी फाल्गुन ६ गते महाशिवरात्रीका दिन झण्डै सबै क्षेत्रीय कार्यालय, शाखा उप–शाखामा शिवध्वजारोहण एवं प्रवचन कार्यक्रम, शिवदर्शन आध्यात्मिक चित्र प्रदर्शनी गरेर मनाउने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै फाल्गुन ७ र ८ गते नेपालगन्ज र कोहलपुरमा शिव साधना शिविर तथा ९ र १० गते संस्थामा आवद्ध सदस्यका घर–घरमा शिवध्वजारोहणको कार्यक्रम गरेर सम्पन्न गरिने ब्रह्माकुमारी दुर्गाले बताइन् ।