सिकिस्त बिरामीको उपचार सेवालाई प्रभाबकारी बनाउन वेष्टर्न अस्पतालका नर्सहरुलाई क्रिटिकल केयर तालिम


सिकिस्त बिरामीको उपचार सेवालाई प्रभाबकारी बनाउन वेष्टर्न अस्पतालका नर्सहरुलाई क्रिटिकल केयर तालिम

नेपालगन्ज १ फागुन : नेपालगन्जको वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई क्रिटिकल केयर तालिम सञ्चालन गरेको छ ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन र क्रिटिकल केयर नर्सिङ एसोसियशन नेपालको समन्वयमा वेष्टर्न अस्पतालले नेपाल मै पहिलो पल्ट काठमाण्डौँ उपत्यका बाहिर ‘बेसिक फर नर्सिङ तालिम’ सञ्चालन गरेको हो । तालिममा वेष्टर्न अस्पतालका २८ जना नर्सहरू सहभागी भएका छन् ।

विश्वभरका करिब ६० देशमा एउटै ढाँचामा सञ्चालित यो तालिममा आइसियुमा भर्ना भएका सिकिस्त बिरामीको रुटिङ केयर, भेन्टिलेटर लगायतका उपकरणहरु चलाउने तरिकादेखि सिकिस्त बिरामीको स्वास्थ्य अवस्थाका सूचकहरुको आधारमा तत्कालै दिनुपर्ने आकस्मिक सर्पोट बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइन्छ ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका संस्थापक एवम टिचिङ अस्पताल काठमाण्डौँको क्रिटिकल केयर बिभागका प्रमुख डाक्टर सुबासप्रसाद आचार्य, भेरी अस्पतालको क्रिटिकल केयर बिभागका प्रमुख डाक्टर पारस पाण्डेसहित टिचिङ, ह्याम्स, ग्राण्डी जस्ता सुबिधा सम्मपन्न अस्पतालको आइसियु बिभागमा लामो समयदेखि कार्यरत १० जना प्रशिक्षकहरुले तालिम दिएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

एक सय बेड क्षमताको वेष्टर्न अस्पतालले ६ बेडको एचडियु सञ्चालन गर्दै आएको छ । फागुन १५ गतेदेखि अस्पतालले ८ बेडको सुबिधा सम्पन्न लेभल ३ तहको आइसियु सञ्चालनमा ल्याउन लागेको छ ।

सञ्चालन हुन लागेको आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक/ एक जना डेडिकेटेड नर्सबाट क्रिटिकल केयर सहितको उपचार सेवा दिइने छ ।

आइसियुमा काम गर्ने नर्सहरुलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको अस्पतालका प्रबनध निर्देशक डाक्टर राहुल थापाले बताए । २०७९ कार्तिकको अन्तिम साता वेष्टर्न अस्पतालले अस्पतालमा कार्यरत स्टाफ नर्ससहित सम्पुर्ण कर्मचारीहरुका लागि बेसिक लाइफ सर्पोट तालिम सञ्चालन गरेको थियो । अस्पतालका सम्पुर्ण स्टाफहरुका लागि यस किसिमको तालिम सञ्चालन गर्ने वेष्टर्न अस्पताल पश्चिम नेपाल कै पहिलो अस्पताल हो ।

अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरुको टीम बनाएर वेष्टर्न अस्पतालले नेपालगन्ज मै काठमाण्डौँ र लखनउका ठुला र सुबिधा सम्पन्न अस्पताल कै हाराहारीमा उपचार सेवा दिने प्रयास गरि रहेको छ ।

वेष्टर्न अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल र्सजरी, प्रसुति तथा स्त्री रोग, नाक, कान, घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविष्य मै बाल रोग, मानसिक रोग, न्यूरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालनको तयारी गरि रहेको छ ।