लुम्बिनी प्रदेश स्थापना दिवस : बाँकेका डाक्टरद्वय पाण्डे र किदवाई तथा नर्सिङ निरीक्षक चौधरी विभूषित


लुम्बिनी प्रदेश स्थापना दिवस : बाँकेका डाक्टरद्वय पाण्डे र किदवाई तथा नर्सिङ निरीक्षक चौधरी विभूषित

नेपालगन्ज ३ फागुन : लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश राजधानी दाङको राप्ती गाउँपालिका– ३ सिरिचौरमा बुधबार आयोजित औपचारिक समारोहमा समाजमा विभिन्न योगदान गरेका ब्यक्तिलाई सम्मान विभूषित गरिएको हो ।

प्रदेश सरकारबाट स्थापना दिवसका अवसरमा मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीयबाट भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डाक्टर राजन पाण्डे डाक्टर राजन पाण्डे तथा नेपालगन्ज मेडिकल कलेजका निर्देशक डाक्टर मोहिउद्दिन किदवाईलाई विभूषित गरिएकोछ । यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो ।

डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्वन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्वन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।

यस्तै भेरी अस्पताल नेपालगन्जकी नर्सिङ निरीक्षक शारदा चौधरी प्रदेश सेवा समर्पण पदकबाट विभूषित भएकीछन् । कोरोना महामारीमा चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य सेवामा रही विरामीहरुको उपचारमा अनुकरणीय रुपमा संलग्न भइ कोभिड–१९ महामारीमा समेत विषेश भूमिका वहन गरेको भन्दै उक्त पदकबाट चौधरीलाई विभूषित गरिएको हो । उनीहरु सबैलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले विभूषित गरेका हुन् ।

यसैगरी प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा बिशेष योग्दान पु¥याएको भन्दै विभूषित गरिएको हो । थापा घाईते समेत छन् ।

२०७४ साल फागुन ३ गते पहिलो पटक लुम्बिनी प्रदेशमा सरकार गठन भएको थियो । प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रुपमा मनाउदै आएको हो ।

मुख्यमन्त्री लिला गिरीको अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । संविधानले तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै संविधानको मर्मलाई आत्मसात् गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको धारणा राखेका छन् । ‘अवको पाँच बर्ष जनताको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्छौं’ उनले भने,‘यसका लागी सरकार प्रतिबद्धत छ।’

प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न समुदायको कला संस्कृती झल्कने झाँकी प्रदर्शन गरिएको थियो । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको छ ।

सो अवसरमा भूम्या झाँकी घोराही प्रथम भएको छ । नौमति बाजा नेपाल मगर सांस्कृतिक संघ राप्ति दोस्रो र वड्का नाँच जागृति सांस्कृतिक राप्ति–७ तेस्रो भएको छ । झुम्रा नाँच प्रस्तुत गर्ने शिव युवा क्लव लमही र नव प्रगतिशल युवा क्लव राप्ती सान्त्वना भएका छन् ।

थप समाचार

भेरीका डाक्टर पाण्डे ‘लुम्बिनीकै सर्वोच्च पदक’ प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित