भेरीका डाक्टर पाण्डे ‘लुम्बिनीकै सर्वोच्च पदक’ प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित


भेरीका डाक्टर पाण्डे ‘लुम्बिनीकै सर्वोच्च पदक’ प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित

नेपालगन्ज ३ फागुन : भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डाक्टर राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित भएकाछन् ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त पदकबाट डाक्टर पाण्डेलाई विभूषित गरेको हो । लुम्बिनी प्रदेश राजधानी दाङको भालुवाङमा बुधबार आयोजित एक समारोहकाबीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ समेत रहेका डाक्टर पाण्डेलाई उक्त पदक प्रदान गरे ।

यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो । संबिधान दिवसको अवसरमा गएको असोज ३ गते डाक्टर पाण्डेलाई उक्त पदक दिने घोषणा गरिएको थियो । प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।

डाक्टर पाण्डे २०७३ सालमा राष्ट्रपतिबाट प्रवल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक, २०७९ मा थारु आयोगद्वारा थारु रत्न पुरस्कारसहित दर्जनौं पदक तथा पुरस्कारबाट सम्मानित भइसकेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्टर पाण्डेलाई प्राप्त भइरहेका यि पदक तथा पुरस्कारहरुको श्रेय उनको अथक मिहिनत तथा लगनशीलताका उपज नै हुन् । त्यतिमात्र होइन बिरामीले गरेको विश्वास र भरोसा पनि हो ।

थप समाचार

डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा सिकलसेलका विशेषज्ञ डाक्टर पाण्डे मनोनित

थारू रत्न पुरस्कारबाट डाक्टर पाण्डे सम्मानित हुँदै

थारु समुदायको मात्र होइन प्रत्येकको स्क्रिनिङ गर्न जरुरी छ : विशेषज्ञ डाक्टर पाण्डे

रगतजाँच गरेर ‘विवाह कुण्डली’ मिलाउनुहोस्