नेपालगन्ज ७ फागुन : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई(यादव) कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।
यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी नयाँ जिम्मेवारी तोकिएको छ । अहिरले भोलि(सोमबार) पद तथा गोपनियताको शपथ लिनेछन् ।
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन । कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने सहमति भएको सो पार्टीले जनाएको छ ।
अब प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय र ११ मन्त्री भएका छन् । जसमध्ये नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ माओवादी केन्द्रबाट ३, जनमत, राप्रपा र जसपाबाट १÷१ मन्त्री छन् । बाँके क्षेत्र प्रदेश सभा–२ ‘क’ बाट भण्डारीलाल निर्वाचित भएका हुन् ।
थप समाचार
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ