जसपा सरकारमा सहभागी, बाँकेका भण्डारीलाल कृषिमन्त्री नियुक्त


जसपा सरकारमा सहभागी, बाँकेका भण्डारीलाल कृषिमन्त्री नियुक्त

नेपालगन्ज ७ फागुन : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई(यादव) कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।

यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी नयाँ जिम्मेवारी तोकिएको छ । अहिरले भोलि(सोमबार) पद तथा गोपनियताको शपथ लिनेछन् ।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन । कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने सहमति भएको सो पार्टीले जनाएको छ ।

अब प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय र ११ मन्त्री भएका छन् । जसमध्ये नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ माओवादी केन्द्रबाट ३, जनमत, राप्रपा र जसपाबाट १÷१ मन्त्री छन् । बाँके क्षेत्र प्रदेश सभा–२ ‘क’ बाट भण्डारीलाल निर्वाचित भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

थप समाचार

बाँके प्रदेश सभा–२ (क) मा जसपाका भण्डारीलाल विजयी