लुम्बिनीका कृषिमन्त्री भण्डारीलालले लिए शपथ


लुम्बिनीका कृषिमन्त्री भण्डारीलालले लिए शपथ

नेपालगन्ज ८ फागुनः लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिर(यादव)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आईतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।

बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् ।

यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् ।

नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा बिस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन ।

अब प्रदेशमा मुख्यमन्त्रीसहित दश मन्त्रालय र ११ मन्त्री भएका छन् । जसमध्ये नेकपा एमाले मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्र ३, जनमत, राप्रपा र जसपामा १÷१ मन्त्री छन् । बाँके क्षेत्र प्रदेश सभा–२ ‘क’ बाट भण्डारीलाल निर्वाचित भएका हुन् ।

थप समाचार

जसपा सरकारमा सहभागी, बाँकेका भण्डारीलाल कृषिमन्त्री नियुक्त