नेपालगन्ज : बाँकेको डुडवा गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिकाको आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा बेतहनी स्वास्थ्य चौकीमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो ।
‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा करिब एक सय जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिन र रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तसञ्चार सेवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।