नेपालगन्जका सजल बने ‘अन्तर्राष्ट्रिय एम्वास्डर’


नेपालगन्जका सजल बने ‘अन्तर्राष्ट्रिय एम्वास्डर’

नेपालगन्ज ११ फागुन : फिलिपिन्सको मलिनामा यही फेब्रुअरी १८ मा भएको लिटिल एण्ड टिन्स ग्लाम इन्टरनेश्नल सिजन ६ मा नेपालगन्जका सजल शर्माले सब टाइटल अन्तर्गत साँस्कृतिक पहिरन अवार्ड जितेका छन् ।

बिभिन्न १८ देशका ४० जना प्रतियोगीहरुलाई पछाडी पार्दै नेपालको तर्फबाट प्रतियोगितामा सहभागी भएका नेपालगन्जका सजल शर्माले उक्त अवार्ड जितेका हुन् ।

युनाइटेड एजुकेश्नल एकेडेमी, नेपालगन्जमा कक्षा ९ मा अध्ययनरत शर्माले उक्त अवार्ड बाहेक उत्कृष्ट रिसोर्ट वेयर, उत्कृष्ट फोटोजेनिक अवार्ड समेत जितेका छन् ।

शर्माले ती अवार्डहरु जितेसंगै एक वर्षका लागि लिटिल एण्ड टिन्स ग्लाम इन्टरनेश्नल शोका लागि अन्तर्राष्ट्रिय एम्वास्डर समेत प्राप्त गरेको मजेस्टिक ग्रुप इन्टरटेन्मेन्टका डाइरेक्टर मञ्जेस गिरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

गुसी इभेन्ट म्यानेजमेण्टको आयोजनामा सम्पन्न अण्डर १४ को प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट मिस्टर टिन गाल्म इनटरनेश्नल प्रस्पिर्धामा सहभागिता जनाएर नेपाल र नेपालीको कला संस्कृति र परमपरागत भेषभुषाको प्रचार गरेको हुन् ।