नेपालगन्ज १५ फागुन : चिनका प्रसिद्ध बुद्धिष्ट लामा (गुरु) मास्टर मिचु छेइङयुको टोलीले नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहको कला संग्राहालयको अवलोकन गरेको छ ।
सो टोली नेपाल–चिन पारस्परिक सहयोग समाजको निम्तोमा शनिबार नेपालगन्ज आएको हो । बुद्ध धर्मलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै आएका छेइङयुसँगै अनुयायी मिस वाङ्ग तथा मि. हाईहुङ्ग समेतले सिंह निवासमा अवस्थित संग्राहालयको अवलोकन गरेको हो ।
अमेरिका, युरोप, भारत लगायतका देशहरुमा बुद्ध धर्मको बारेमा प्रवचन दिइसकेका छेइङयूसहितको टोलीलाई कलाकार सिंहले माला र खादाले स्वागत गरेका थिए ।
टोलीले कलाकार सिंहद्वारा सिर्जीत हस्तकला, चित्रकला, मुर्तीकलाका विभिन्न सिर्जनाहरुको रुचीपुर्वक अवलोकन गर्नुका साथै उच्च प्रशंसा गरेको थियो ।
यसअघि सो टोलीले बागेश्वरी मन्दीरस्थित हर्ष कृति महाविहार, न्यूरोडस्थित बौद्ध गुम्वा, कोहलपुर पिपरीको शान्ति तपोभूमी बौद्ध विहार आदिको अवलोकन गरेको थियो ।
टोलीमा नेपाल–चिन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष टोप बहादुर थापा, सदस्य एवं कलाकार सुन्दर गुरुङ, इश्वर श्रेष्ठ, रामचन्द्र तिवारी, तामाङ धेदुङ बाँके अध्यक्ष सरोज तामाङ, पुर्व अध्यक्ष माइली लामा रहेका थिए ।
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ