प्रशिक्षार्थी प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण


प्रशिक्षार्थी प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

नेपालगन्ज १९ फागुन : प्रहरी तालिम केन्द्रमा रहेका प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएकोछ । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको टिमले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत,(हाल नेपालगन्ज) मा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

आयुर्वेद स्वास्थ्य सेवा र यसको महत्व बारेमा जनचेतना जगाउने उद्देश्य सहित गरिएको स्वास्थ्य परीक्षणमा २ सय बढी प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

नेपालगन्ज कारकाँदो स्थित तालिम केन्द्रमा प्रशिक्षण लिइरहेका प्रहरी जवान र तालिम केन्द्रमा कार्यरत अन्य कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधी समेत वितरण गरिएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रभाकर मिश्रले बताए ।

नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका निर्देशक डाक्टर शिवराज सुवेदी, डाक्टर मनोज कुमार यादव, एचए आयुर्वेद सन्दिप कुमार थारु, ल्याब टेक्निसियन बसन्ती कार्की, लेखा तथा व्यवस्थापन शाखा प्रमुख प्रिन्सी मिश्र र पदमा थापा सहितको टिमले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य परीक्षण अघि नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष एवम् संविधान सभा सदस्य नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकी, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौर, प्रहरी निरीक्षक हस्तबहादुर सुनार, याम बहादुर मल्ल र ईश्वरदेव गिरी लगायतको उपस्थिती रहेको थियो ।