नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर


नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर

नरैनापुर २० फागुन : बाँकेको नरैनापुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।

असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार आयोजना गरिएको हो ।

उक्त शिविरबाट तीन सय बढी नागरिकले स्वास्थ्य सेवा लिएकाछन् । प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा राखिएको उक्त शिविरमा नाक, कान घाँटीको उपचार तथा स्वास्थ्य परीक्षण गरि औषधी बितरण गरिएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको स्वास्थ्य परीक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो ।

अध्यक्ष शाहले नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार पालिकामा काम भइरहेको बताए । उनले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकोले पालिकाबाट प्रदान हुदैँ आएको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने बताए ।

असल छिमेकी सामुदायिक हस्पिटलका सञ्चालक सदस्य डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको शिविरका क्रममा गाँउपालिकाका अध्यक्ष इश्तियाक, वडा नम्बर–२ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर– ३ का अध्यक्ष अजय मिश्रा, नाक, कान, घाँटीका बिशेषज्ञ डाक्टर प्रकाश बस्याल लगायतको सहभागिता रहेको कार्यक्रममा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सूर्य प्रकाश शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार गजेन्द्र गुरुङ्गले गरेका थिए ।