आध्यात्मलाई सामाजिक विकासमा जोड्दा छिटो नतिजा निस्कन्छ : संबिधानसभा पूर्व उपाध्यक्ष सुबेदी

महायज्ञमा पहिलो दानवीर बनिन पालिका उपाध्यक्ष मल्ल


आध्यात्मलाई सामाजिक विकासमा जोड्दा छिटो नतिजा निस्कन्छ : संबिधानसभा पूर्व उपाध्यक्ष सुबेदी

खजुरा २५ फागुन : संबिधानसभाकी पूर्व उपाध्यक्ष पूर्णकुमारी सुबेदीले आध्यात्मलाई भौतिक विकाससँग जोड्न सके सबै भन्दा छिटो सामाजिक विकास गर्न सकिने बताएकी छन् ।

बाँकेको खजुरामा जारी महायज्ञको दोस्रो दिनको धार्मिक सभालाई सम्बोधन गर्दै उनले धार्मिक महायज्ञबाट क्यान्सर अस्पताल छिटो बन्न सकेको बताइन् ।

उनले खजुराको नागरिकको एकताबाट आफु सधैं प्रभावित रहेको बताउँदै धार्मिक पर्यटन बनाउने उद्देश्यले सुरु गरिएको महायज्ञमा आफ्नो आर्थिक, भौतिक र नैतिक समर्थन रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले अध्यात्मलाई सामाजिक रुपान्तरणको एउटा बलियो माध्यम बनाउन सकिने पनि उल्लेख गरिन् ।

धार्मिक सभालाई सम्बोधन गर्दै भारतबाट महायज्ञमा सहभागी भएका अनन्त विभूषित गौरीशंकराचार्य महराजले अध्यात्मलाई सामाजिक विकासमा जोडेर खजुराबासीले सत्कर्म गरेको बताए । उनले नेपाली मन अत्यन्त कोमल र दयालु हुने गरेको चर्चा गर्दै इश्वरको नाममा गरिएको महायज्ञको लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

पहिलो दानवीर बनिन् पालिका उपाध्यक्ष मल्ल

खजुरामा जारी महायज्ञको पहिलो दानकर्ता सोही गाँउपालिकाकी उपाध्यक्ष मञ्जु मल्ल बनेकी छन् । उनले महायज्ञको पहिलो दिन संकल्प गरेकी एक लाख ५ हजार ५५५ लाई थपेर आज महायज्ञका लागि एक लाख ५५ हजार ५५५ रुपैयाँ दान गरेकी छन् ।

दान रकम हस्तान्तरण गर्दै उपाध्यक्ष मल्लले जन्म दिएर हुर्काएका स्वर्गीय बुवा मुवा र कर्मदिने स्वर्गीय ससुरा बुवा र सासुआमाको स्मृतिमा दान गरेको बताइन् । बोल्दाबोल्दै भावुक बनेकी उनले घर र माइतीको बुवा आमाकै कारण आफु सफल भएको बताउँदै सबैलाई जन्मदिने बुवाआमा र कर्म दिने बुवाआमालाई सम्मान गर्न आग्रह गरिन् ।

महायज्ञमा बिहीबार मात्र ५ लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । खजुरा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले आयोजित महायज्ञबाट संकलित रकमबाट खजुरामा ६० फिट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने आयोजकले लक्ष्य लिएको छ ।

खजुराका धार्मिक क्षेत्रहरुको महिमाको प्रचार गर्ने र खजुरालाई हिन्दुहरुको धार्मिक गन्तब्य बनाउने उद्देश्यले महायज्ञ थालिएको सम्पादन समितिका संयोजक शिवराज श्रेष्ठले बताए ।

थप समाचार

खजुरालाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि सुरुभयो महायज्ञ

खजुराको महायज्ञस्थलमा लक्ष्मी नारायणको नयाँ मुर्ति भित्राइयो

धार्मिक पर्यटनको हब बनाउन खजुरामा महायज्ञ

धार्मिक पर्यटकीयका लागि सप्ताहव्यापी महायज्ञ