फत्तेबाल आँखा अस्पताल : ३६ वर्षदेखि निरन्तर सेवा, २५ लाख बढीको अन्धोपन निवारण


फत्तेबाल आँखा अस्पताल : ३६ वर्षदेखि निरन्तर सेवा, २५ लाख बढीको अन्धोपन निवारण

File Photo

नेपालगन्ज २९ फागुन : फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने जनाएको छ । नेपाल नेत्र ज्योति संघ बाँके शाखाको शनिवार सम्पन्न २९ औं जिल्ला सभामा अस्पतालले थप विशेषज्ञता सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा ३६ वर्ष अघि स्थापीत अस्पतालले अन्धोपन निवारणका लागि उपचार लगायत सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव शान्ति श्रेष्ठले अहिलेसम्म २५ लाख बढीलाई सेवा प्रदान गरिएको भन्दै भावी कार्यक्रम र योजना बारे पनि जानकारी दिइन् ।

नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतन कुमार टण्डनले भौतिक विकासँगै समयसापेक्ष चिकीत्सा सेवापनि विस्तार गरिने विश्वास दिलाए ।

Kids Festival 2022
kanti aarogya hospital

अस्पतालका प्रबन्ध निर्देशक डाक्टर कौशल कुमार बर्माले अन्धोपन न्यूनीकरणका लागि निवारणात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवालाई सँगै लगिने प्रतिवद्धता व्यक्त गरे । अस्पतालले सर्जीकल रेटिना, कर्नीया, ग्लुकोमा लगायतका सेवा शुरु गर्ने जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले अस्पतालले सम्बद्ध निकाय र स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा थप सेवा प्रवाह गर्न सुझाव दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले आँखा अस्पतालसँगको सहकार्यमा उपमहानगरपालिकमा निःशुल्क आँखा शिविर शुरु गरिएको भन्दै थप प्रभावकारी बनाइने बताए ।

सभामा नेपाल रेडक्रस सोसाइटी शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, दानवीर जइकेश सिहं, काँग्रेस बाँके सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्रका प्रतिनीधी पे्रम शाह लगायतले अस्पतालको सेवा, प्रगतीको प्रशंसा गरेका थिए । अस्पतालका लेखा अधिकृत जीत बहादुर थारुद्वारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य केशवराम बर्माले गरेका थिए ।