राष्ट्रपति रामचन्द्रले लिए पद तथा गोपनीयताको शपथ


राष्ट्रपति रामचन्द्रले लिए पद तथा गोपनीयताको शपथ

पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ।

नेपालगन्ज २९ फागुन: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो शीतल निवासमा आयोजित शपथ समारोहमा कायममुकायम (कामु) प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर नेपालको तेस्रो राष्ट्रपति बनेका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गरे ।
त्यसपछि उनलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

२०७४ फागुन ३० गते विद्यादेवी भण्डारीले राष्ट्रपतिको रूपमा शपथ लिएर कार्यभार सम्हाल्दै आएकी थिइन् । सपथसंगै निर्वतमान राष्ट्रपति भण्डारीको कार्यकाल सकिएकोछ ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नेपाली काँग्रेसका नेता पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका थिए ।

गठबन्धनका १० दलको समर्थन पाएका पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

थप समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

रामचन्द्रको संक्षिप्त परिचय, जानौं संविधानले राष्ट्रपतिलाई दिएको अधिकार

नेपालको चौथो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित