डुडुवा (बाँके) ६ चैत्र : बाँकेको डुडुवा गाउँपालिकामा पुर्ण खोप सुनिश्चितताका लागि रणनीतिक कार्ययोजना तयार पारिएको छ ।
यही चैत्र मसान्तसम्म पालिका अन्र्तगत सम्पुर्ण घरधुरी सर्भेक्षण गरि खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र पहिचानबाट छुेटका बालबालिकाहरुको संख्या पत्ता लागेपछि सबैलाई खोप लगाउने कार्ययोजना तयार पारिएको हो ।
डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित पुर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धी पालिकास्तरीय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर बुढाले बताए ।
उनका अनुसार गाउँपालिका पुर्ण खोप घोषणा भएपनि प्रत्येक वर्ष खोप लगाउन छुटने गरेका बालबालिकाहरुको पहिचान गरि सबैलाई खोप लगाएपछि मात्र सुनिश्चिता गर्ने प्रक्रिया रहेको छ ।
कार्यक्रममा वडाध्यक्षहरु मोहनराम मिश्र, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य चौकी इन्चार्ज, तथा फोकलपर्सन लगायतको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी