करिब २२ लाख नेपाली विदेशमा


करिब २२ लाख नेपाली विदेशमा

सांकेतिक तस्विर

नेपालगन्ज १० चैत्र : करिब २२ लाख नेपाली विदेशमा रहेको पाइएकोछ । शुक्रबार सार्वजनिक १२ औं राष्ट्रिय जनगणनाको पूर्ण प्रतिबेदनअनुसार यस्तो पाइएको हो ।

उक्त तथ्यांक अनुसार २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो ।

यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

थप समाचार

नेपालको जनसंख्या तीन करोड पुगेन

नेपालको साक्षरता दर ७६ प्रतिशत, ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर