नेपालगन्ज १२ चैत्रः ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगन्जमा तालाबन्दी गरिएको छ ।
अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो । उक्त विवाद जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ भने आईतबार अस्पतालमा तालाबन्दी गरिएको छ ।
२०५७ सालमा बाँकेको ५ वटा गाविसबाट काम सुरु गरेको संस्थाले सन् २००९ मा दर्ता गरेर रिफरल सेन्टरको रुपमा अस्पताल सञ्चालन गरेको थियो ।
संस्थामा सुरुदेखि नै विमलकुमार टण्डन नै अध्यक्ष रहेको, साधारणसभा नभएको, परिवारवाद भएको भन्दै थारुलगायतले आन्दोलन थालेका छन् ।
बेलायती नागरिक निल वेरको सहयोगमा अस्पताल निर्माण भएको हो । सन् २०१५ देखि निलले सहयोग गर्न छोडेका छन् ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक