नेपालगन्ज १४ चैत्र : बाँकेको खजुरा गाउँपालिकामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परीक्षण गरिएको छ । परीक्षणका क्रममा मंगलबार आयोजित कार्यशालामा गाउँपालिका अन्र्तगत जेसीको दृष्टिकोणले विभिन्न सूचक तथा विषयहरुमा छलफल गरि मापन गरिएको छ ।
स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उप–क्रियाकलाप स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको हो ।
प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेशको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले गरेको सहजीकरणमा गाउँपालिकाको हरेक शाखा अन्र्तगत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणले एक सय बढी सूचकमा अध्ययन गरि मापन गरिएको हो । एक सय सूचकमा छलफल गरि भएको कागज प्रमाण, निर्णय प्रक्रिया, तथा दस्ताबेजका आधारमा मार्किंङ्ग गरिएको छ ।
जेसीको अवधारणामा स्थानीय सरकारको काम कारबाही प्रक्रिया, कार्यक्रम, बजेट योजना तर्जुमा, समुदायको भाषा, संस्कृति, समिति निमाण प्रक्रियालगायतमा जेसीको कार्यान्वयन अवस्थाका बारेमा विस्तृत अध्ययन तथा छलफल गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले जेसी परीक्षणले स्थानीय तहलाई सबैको सहभागिता तथा योजना निमार्ण प्रक्रियामा अर्थपुर्ण सहभागिताको अवधारणाको विकास भएको भन्दै पालिकाले आगामी निति तथा कार्यक्रम निमार्णका क्रममा यी सवालहरुलाई समाबेश गर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जेसी परीक्षणका क्रममा देखिएका सुधार गर्नुपर्ने पक्षमा विशेष गरि हरेक क्षेत्रका क्रियाकलाप, निर्णय प्रक्रियालगायतका विषयमा अभिलेखीकरण र डकुमेन्टको व्यवस्थापनमा कमीकमजोरी देखिएकाले त्यसलाई सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, विभिन्न शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यशालामा संस्थाका राकेशकुमार मिश्र, रविन्द्रकुमार ज्ञवाली र ध्रुबराज शर्माले सहजीकरण गरेका थिए । संस्थाले बाँके जिल्लाको जानकी, खजुरा र कोहलपुर नगरपालिकाको जेसी परीक्षण गरिरहेको छ ।
थप समाचार
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी