नेपालगन्ज १५ चैत्र : भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ । सो स्वीकृति प्राप्त भएसँगै अब भेरी अस्पतालमा एमडी र एमएसको पढाई हुने अस्पतालका प्रमुख डाक्टर बद्री चापागाईँले जानकारी दिए ।
उनका अनुसार सङ्घीय अस्पताल भए पनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन पाएका थिएनन् । यो स्वीकृतिपछि वीर अस्पतालमा एमडी÷एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भए पनि अध्ययन भने उनीहरूले भेरी अस्पतालमा गर्ने डाक्टर चापागाईँले बताए ।
भेरी अस्पतालको मातहतमा उनीहरूले एमडी÷एमएसको अध्ययन पूरा गर्ने जनाउँदै उनले यसबाट भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने दाबी गरे ।
एमडी डाक्टरले बिरामीलाई गुणस्तरीय सेवा दिने भएपछि शैक्षिक एवम् अनुसन्धानका गतिविधिहरू बढ्ने भेरी अस्पतालका सूचना अधिकारी डाक्टर सङ्केत रिसाल बताउछन् ।
न्याम्सको आङ्गिक अस्पताल कायम गरी शैक्षिक गतिविधि सञ्चालनका लागि गत फागुन २२ गते भेरी अस्पतालका प्रमुख डाक्टर चापागाईँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाएका थिए ।
त्यसको करिब तीन सातापछि सरकारले शैक्षिक गतिविधि सञ्चालनका लागि भेरी अस्पताललाई स्वीकृति दिएको डाक्टर रिसालले जानकारी दिए । भेरी अस्पतालमा केही समयअघि केही विषयहरूमा एमडी÷एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिए पनि त्यो नियमित हुन सकेको थिएन ।
कोभिड महामारीपछि सो अस्पतालले आफ्नो सेवा प्रवाहलाई निरन्तर गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ । पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको अस्पतालका वरिष्ठ फिजिशियन डाक्टर राजन पाण्डे बताउछन् ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ