कोहलपुरमा नगर स्वास्थ्य प्रबद्धर्न केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन


कोहलपुरमा नगर स्वास्थ्य प्रबद्धर्न केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

कोहलपुर १८ चैत्र : पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएकाछन् ।

बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रबद्धर्न केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु पर्नेमा जोड दिए ।

उनले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रबद्धर्न केन्द्रको सेवालाई प्रभावकारी गराउन सुझाव दिए । ‘म स्वास्थ्य मन्त्री हुँदा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा अघि सारेको हुँ’ उनले भने–‘यसका तीन वटा लक्ष्य छ । पहिलो रोगको पहिचान गर्ने, दोस्रो जनतासँग मिलेर रोग रोकथामको काम गर्ने र तेस्रो उपचार ।’

नगर स्वास्थ्य प्रबद्धर्न केन्द्रको अवधारण भनेकै केन्द्र घरघरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नु भन्दा पहिल्यैं अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचारको पहुँच नभएकालाई पहुँचमा ल्याउने रहेको पूर्वमन्त्री थापाको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

उनले प्रबद्धर्न केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने बारेमा आफ्नो टिमले सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाए ।

यसैगरी अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा गरेको भन्दै प्रशंसा गरे । विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको भन्दै उनले कोहलपुरमा केन्द्र सञ्चालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनु पर्ने बताइन् । ‘सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च भनेर एक लाख रुपैयाँ दिने गरेको छ । तर, यस्तै प्रकृतिको थालेसेमियाका बिरामीलाई भने सरकारले राहात दिएको छैन उनले भनिन्–‘म पूर्व मन्त्री थापालाई ध्यानाकर्षण गराउन चाहान्छु । थारु समुदायलाई बढी प्रभाव पार्ने थालेसेमिया रोगका बिरामीलाई पनि सरकारले उपचार खर्च दिनु पर्छ । नीतिगत रुपमा पहल गरिदिन आग्रह गर्छु ।’

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताइन् । त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने पहलका निमित्त आफु तयार रहेको बताइन् ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव भएकाले नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक डाक्टर विवेक बास्कोटा, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका–१५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका सूचना अधिकृत बिनिता खड्का लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रवद्र्धन केन्द्र र अस्पताललाई जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकधको शालिकको समेत पूर्वमन्त्री थापाले अनावरण गरेका थिए । स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गरेका छन् ।

कार्यक्रममा जग्गादाताका परिवार सदस्यहरुलाई सम्मानित गरिएको थियो भने केन्द्र स्थापनाका लागि विशेष योगदान पु¥याएको भन्दै पूर्व जनप्रतिनिधिहरु पतिराम थारु, गुत्तु थारु, लौटन थारु, हरिराम थारु, राम लौटन यादव, राम मिलन तमौली र हुसेनी बस्फोरले कदरपत्रले सम्मानित गरिएको नगर प्रवक्ता नमबहादुर आलेले जानकारी दिए । नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।