कोहलपुर नगरपालिकाको बदमासी : गुणस्तरहीन सेनेटरी प्याड खरिद, छात्राको स्वास्थ्यमाथी खेलवाड


कोहलपुर नगरपालिकाको बदमासी : गुणस्तरहीन सेनेटरी प्याड खरिद, छात्राको स्वास्थ्यमाथी खेलवाड

File Photo

कोहलपुर १९ चैत्र : बाँकेको कोहलपुर नगरपालिकाले गुणस्तरहीन सेनेटरी प्याड खरिद गरेको तथ्य बाहिरीएकोछ ।

कोहलपुर नगरपालिकाद्वारा विभिन्न विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्नका लागि खरिद गरिएको सेनेटरी प्याड गुणस्तरहीन भएको पाइएको हो । उक्त प्याड परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

प्याड खरिद गरेर वितरण गर्ने तयारी भइरहेका बेला विद्यालयका शिक्षकले गुणस्तरहीन भएको जानकारी गराइएकाले परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएको हो ।

नगरपालिकाका जिन्सी शाखा प्रमुख हरि ओलीले ‘जस्मिन हाइजिन’ नामक सप्लायर्स कम्पनीमार्फत २७ लाख रुपैयाँ बराबरको सेनेटरी प्याड खरिद गरिएको जानकारी दिए ।