गर्भवतीको मृत्यु भएपछि मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनीती


गर्भवतीको मृत्यु भएपछि मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनीती

डुडुवा (बाँके) २० चैत्र : मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँकेको डुडुवा गाउँपालिकाले विशेष रणनीतिका साथ कार्य गर्दै आएको छ ।

विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शून्यमा झरेको तर, चालु आर्थिक वर्षमा एक जना गर्भवती महिलाको मृत्यु भएकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्ययोजना निमार्ण गरिएको हो ।

गाउँपालिका स्वास्थ्य शाखाद्वारा सोमबार आयोजित सुरक्षित मातृत्व सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागी नर्सिङ्ग कर्मचारीहरुले आगामी दिनमा मृत्युदर शून्यमा झार्न कार्ययोजना निमार्ण गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख धबहादुर बुढाले बताए ।

उनका अनुसार डुडुवामा एक जना गर्भवतीको मृत्यु हुनुको कारण भनेको ‘इक्लामसीया’ रोगका कारण भएको हो, यस्ता रोग तथा समस्याबारे पहिलै नै सचेत भई स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रहनुपर्दछ ।

Kids Festival 2022
kanti aarogya hospital

डुडुवाको कम्दी, बनकट्टी, बेतहानी र हिरिमिनिया गरि ४ स्थानमा प्रभावकारी प्रसुती केन्द्रहरु सञ्चालनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्रबहादुर घलेले बताए । उनका अनुसार एक वर्षमा करिब एक हजार बढी महिलाहरु संस्थागत सुत्केरी गराउने गरेका छन् भने केन्द्रमार्फत २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ । अभिमुखीकरणमा स्वास्थ्य चौकी ईन्चार्ज, स्वास्थ्यकर्मी र नर्सिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।