नेपालगन्ज २१ चैत्र : गैरसरकारी संस्था महांसघ नेपाल बाँकेको अध्यक्षमा चन्द्रप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् । उनी यसअघि महासंघ बाँकेको जिल्ला उपाध्यक्ष थिए ।
महासंघ बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित भएका हुन् । अधिवेशनको बन्द शत्रपछि नयाँ नेतृत्व चयन प्रक्रियामा सहमती हुन नसकेपछि सोमबार राती निर्वाचन गराइएको थियो ।
निर्वाचन प्रक्रियाबाट अध्यक्षसहित उपाध्यक्षमा निर्मला सुनार, सचिव आशिष वर्मा, सह–सचिवमा परिना चौधरी र कोषाध्यक्षमा सुर्यलाल यादव निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा राजन बर्मा, रमेश सिटौला, मन भण्डारी, ताराबहादुर खत्री, गणेश भट्टराई लगायत निर्वाचित भएका छन् ।
महासंघ बाँकेको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरिएको हो । अधिवेशनको बन्द शत्रमा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अधिवेशनमा जिल्लाभर रहेका विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।
थप समाचार
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ