कञ्चनपुर २१ चैत्र : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो ।
सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख डा राजेश जोशीले बताए । ‘अब एन्टिस्नेक भेनम आएपछि उपचार सुरु हुन्छ, बाँकी जनशक्ति र भौतिक संरचनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, उनले भने, ‘अहिले हामीसँग आइसीयूको सुविधा नभएकाले सामान्य बिरामीको उपचार गर्न सक्छौँ, आइसीयू आवश्यक पर्ने बिरामी सिफारिस गर्नुपर्छ ।’
सो महाशाखाले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई विसं २०८३ चैत १९ गतेसम्मका लागि सर्पदंश उपचार केन्द्रका लागि अनुमति दिएको छ । महाशाखाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रलाई सर्पदशंका बिरामीको उपचारका प्रयोग गरिने एन्टिस्नेक भेनम उपलब्ध गराउन पत्राचार पनि गरेको छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चार मेडिकल अफिसर छन् । तीमध्ये एक सर्पदंशको उपचार तालिमप्राप्त जनशक्ति छन् । प्राथमिक स्वास्थ्य केन्द्र एक भेन्टिलेटर जडित छ । महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवाका लागि वडा नं ६ मा एकमात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । दोधारा चाँदनीका सर्पदंशका बिरामीले उपचारका लागि भारत तथा महेन्द्रनगरतर्फ आउनुपर्ने बाध्यता छ ।
सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि दोधारा चाँदनीका स्थानीय बासिन्दालाई सर्पदंशको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने नगर प्रवक्तासमेत रहेका दोधारा चाँदनी–६ का अध्यक्ष ओम बस्नेतले बताए ।
‘सर्पदंशको उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले अनुमति पाएको छ, योसँगै अब तत्कालै सर्पदंशको उपचार सुरु हुन्छ’, उनले भने, ‘यहाँ सर्पदंशको उपचार नहुँदा बाहिर जानुपथ्र्यो, सर्पदंशका बिरामीले तत्कालै उपचार नपाएर अन्यत्र लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने विश्वास लिएका छौँ ।’
केही महिनाअघि सो स्वास्थ्य केन्द्रमा रेबिजको खोप सेवा पनि थपिएको उनले बताए । दोधारा चाँदनीको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा परिणत गर्ने योजना बनाएको नगर प्रवक्ता बस्नेतले बताए । -रासस
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ