नेपालगन्ज २१ चैत्र : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।
‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नगरौँ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’
मन्त्रालयले हरेक रुघाखोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ समेत हुने सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी. १.१६ देखापरेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ ।
मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरिएको छ ।
शून्यमा झरेको कोरोनाभाइरसको संक्रमण अहिले बढिरहेको छ । मन्त्रालयले कोरोनाभाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोनाभाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजर लगाउन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ