डुडुवाको कम्दी स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा पहिलो बन्यो


डुडुवाको कम्दी स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा पहिलो बन्यो

डुडुवा (बाँक) २२ चैत्र : डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरीयता र प्रभावकारिताको अध्ययन तथा मूल्याकंन गरि अंक प्रदान गरिएको हो ।

६ वटा स्वास्थ्य चौकीमध्ये कम्दी स्वास्थ्य चौकीले ८८ प्रतिशत अंक ल्याएर पहिलो स्थानमा रहेको छ भने होलिया स्वास्थ्य चौकीले सबै भन्दा कम ६३ प्रतिशत अंक ल्याएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेल बताए ।
उनका अनुसार अधिकतम अंक ल्याउनेमा कम्दी स्वास्थ्य चौकी मात्र रहेको, अन्यले मध्यम अंक ल्याएका छन् र होलियाले सबैभन्दा कम अंक ल्याएकोले मापनमा देखिएका कमी कमजोरीलाई सुधार गर्न कार्ययोजना निमार्ण गरिएको छ ।

मापनमा होलियाले ६३ प्रतिशत, बेतहानीले ८५ प्रतिशत, बनकट्टीले ८४ प्रतिशत, शाहपुर्वाले ८० प्रतिशत, कम्दीले ८८ प्रतिशत, हिरिमिनियाले ८६ प्रतिशत र समग्र पालिकाले ७९ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
उनका अनुसार सुशासन र व्यवस्थापन, क्लिनिकल व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापन अन्र्तगत एक सय बढी सूचकहरुमा अध्ययन तथा मूल्याकंन गरि अंक प्रदान गरिएको छ ।

स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाको गुणस्तरियता र प्रभावकारीताका बारेमा देखिएका समस्या र कमी कमजोरीलाई अध्ययन गरि सुधार गर्नका लागि कार्ययोजना निमार्ण गरिएको शाखा प्रमुख बुढाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैविषयमा आज बुधबार पालिकास्तरीय न्यूनतम सेवा मापदण्ड कार्यक्रमहरुको समिक्षा तथा सुदृढिकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन गोपाल गौतम, जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्याय, ६ वटै स्वास्थ्य चौकीका इन्चार्ज, पालिकाका शाखा प्रमुख लगायतको सभागिता रहेको थियो ।