युवा संघको राष्ट्रिय महाधिवेशन : ओलीले उद्घाटन गर्ने, बद्री र रचना लगायतका कलाकारले नचाउने

८० प्रतिशत तयारी पूरा : अध्यक्ष पौडेल


युवा संघको राष्ट्रिय महाधिवेशन : ओलीले उद्घाटन गर्ने, बद्री र रचना लगायतका कलाकारले नचाउने

नेपालगन्ज २४ चैत : नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नेपालगन्जमा यहि चैत २७ देखि २९ गतेसम्म हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारी ८० प्रतिशत पूरा भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

‘दुई हजार भन्दा बढि प्रतिनिधि सहभागि हुने महाधिवेशनलाई भव्यतापूर्वक सफल पार्नेगरी तयारी भईरहेको छ’, अध्यक्ष पौडेलले भने,‘अहिलेसम्म ८० प्रतिशत तयारी भईसकेको छ, दुईदिनमा बाँकी काम पनि पूरा हुनेछ ।’

महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उनको भनाई रहेको छ । महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुने तय भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उद्घाटन समारोहमा कलाकार बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रबि वड लगायतले सांगीतिक प्रस्तुती दिने कार्यक्रम तय गरिएको अध्यक्ष पौडेलले बताए । महाधिवेशनको तयारीको लागि अध्यक्ष पौडेल, केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश इन्चार्ज एवम् ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ सह संयोजक सुमन पुरी लगायतका नेताहरु कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहमा खटिएकाछन् ।

युवा संघका केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश इन्चार्ज एवम् ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ सहसंयोजक सुमन पुरीले प्रतिनिधि व्यवस्थापन, आवास तथा खाद्यान्न, यातायात जनपरिचालन समितिमार्फत महाधिवेशनको काम भईरहेको जानकारी दिए ।

महाधिवेशन आवास तथा खाद्यान्न समिति संयोजक एमाले बाँकेका युवा नेता रबिन्द्र लम्सालले देशभरीका दुईहजार प्रतिनिधि र अतिथिहरुको नेपालगन्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको जानकारी दिए ।

महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल, बाँके अध्यक्ष किस्मतकुमार कक्षपति लगायत पार्टी कमिटी समेत खटिएको छ ।

थप समाचार

युवा संघको महाधिवेशन ऐतिहासिक हुनेछः इन्चार्ज पुरी

नेपालगन्जमा युवा संघको राष्ट्रिय महाधिवेशन, दशौं हजार जनपरिचालन गरिदैँ